काठमाडौं : मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ । त्रिबि क्रिकेट मैदानमा भएको दश ओभरको खेलमा ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपरको भूमिका निभाउँदै समर्थकलाई मनोरञ्जन प्रदान गरेका थिए । सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले एक चौका प्रहार गरे । सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाए । खेलमा विनोद दासले १ विकेट लिए ।
टस हारेर विनोद दासको टोली रेडले निर्धारित १० ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । कीर्तिपुरमा सचिनले नेतृत्व गरेको बालबालिकाको एउटा टोली र नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासले नेतृत्व गरेको बालबालिकाकै अर्को टोलीबीच मैत्रीपूर्ण क्रिकेट भएको हो ।
युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सहभागी हुन सचिन शुक्रबार राती नेपाल आएका हुन् । उनी शनिवार नै भारत फर्कने कार्यक्रम छ । बालअधिकार सम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । क्रिकेटमा ‘लिटिल मास्टर’का रूपमा समेत चिनिने सचिन युनिसेफका दक्षिण एशियाली सद्भावना दूत हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies