काठमाडौं : बंगलादेशमा भएको एसीसी इमिर्जिङ एसिया कपको समुह चरणबाट बाहिरीएको नेपाली त्रिकेट टिम स्वदेश फर्किएको छ ।
समुह चरणमा हङकङ विरुद्धको खेलमा मात्र जित निकालेको नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले टिमले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले आफ्नो टिमको ब्याटिङमा धेरै कमजोरी देखिएको र अझ धेरै मेहेनत गर्नुपर्ने देखिएको बताए ।
नेपालले भारतसँग सात विकेटको हार ब्यहोरेको थियो भने हङकङ विरुद्ध ४० रनको जित निकालेको थियो । यस्तै बंगलादेशसँग आठ विकेटको हार ब्यहोरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies