(कात्तिक ९ गते, शुक्रबार)
मेष : सामान्य रोकावटले अशान्ति दिनेछ । धनलाभमा कमी हुनेछ ।
वृष : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । सम्मानमा वृद्धि हुने योग छ ।
मिथुन : वाहन सावधानी राख्नुहोला । मुद्दा मामिलामा पर्न सकिन्छ ।
कर्कट : आत्मविश्वास बढ्दै जानेछ । जग्गा सम्बन्धी कार्यमा लाभ मिल्नेछ ।
सिंह : आयको नौलो स्रोत फेला पर्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।
कन्या : शिक्षामा सुधार हुनेछ । सन्तानको कार्यमा सफलता मिल्नेछ ।
तुला : आकस्मिक धनलाभको योग छ । शत्रु कमजोर हुनेछन् ।
वृश्चिक : साथीभाइबिच सम्बन्ध राम्रो भइरहनेछ । आत्मबल बढ्दै जानेछ ।
धनु : जोखिम भएको कार्यमा धन लगाउन हुँदैन । स्थान परिवर्तन हुने योग छ ।
मकर : खर्चमाथि नियन्त्रण राख्नुहोला । अचल सम्पत्तिमा वृद्धिको योग छ ।
कुम्भ : अनिर्णयको स्थिति रहनेछ । धैर्य राखेर कार्य गर्नु होला ।
मीन : सबै कार्यमा सावधानी अपनाउनु होला । धैर्य हुनुपर्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]