(मंसिर १५ गते, शनिबार)
मेष : नयाँ सम्बन्धमा वृद्धि हुनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । सामाजिक सम्मानमा वृद्धि हुन्छ ।
वृष : आम्दानी राम्रो हुनेछ । अनावश्यक कार्य गर्नु हुँदैन । राजनैतिक कार्य सफल हुनेछ ।
मिथुन : वाहन चलाउँदा सावधानी राख्नुपर्छ । नयाँ सम्पर्क बढ्नेछ । राजनैतिक सहयोग प्राप्त हुनेछ ।
कर्कट : आत्मविश्वास बढ्नेछ । जग्गा सम्बन्धी कार्य सफल हुनेछ । स्वास्थ्यमा भने ध्यान दिनु होला ।
सिंह : आर्थिक कार्यमा अनुकूल प्रगति हुनेछ । सन्तान सुख प्राप्तिको योग छ । मुद्दासम्बन्धी कार्यमा सफलता मिल्नेछ ।
कन्या : शारीरिक समस्याको योग छ । पद र प्रतिष्ठामा वृद्धि हुनेछ । रोजगारमा वृद्धि हुनेछ । जोखिम भएको कार्यमा नोक्सानीको योग छ ।
तुला : पारिवारिक जीवनमा समझदारी राख्नु जरुरी छ । दैनिक कार्यमा सफलतासँगै मन प्रसन्न हुनेछ ।
वृश्चिक : राजनीतिक कार्य सफल हुनेछ । शारीरिक समस्याको योग देखिन्छ । वाहन चलाउँदा सावधानी राख्नुहोला ।
धनु : सम्पर्कमा वृद्धि हुनेछ । व्यापारिक र आर्थिक प्रगति हुनेछ । पैतृक सम्पत्ति प्राप्त हुने योग छ ।
मकर : राजनैतिक कार्यमा रोकावट हुनसक्छ । पारिवारिक कार्य भने सफल हुनेछ । व्यापारिक सम्बन्ध बलियो हुनेछ ।
कुम्भ : वाणी संयम राख्नु होला । जोखिम लिनु हुँदैन किनकि आर्थिक नोक्सानको योग छ । घरबाट अपेक्षित सहयोग प्राप्त हुनेछ ।
मीन : दैनिक सबै कार्य सफल हुनेछ । पारिवारिक कार्य पनि सफल हुनेछ । कुनै पनि कार्यमा जोखिम लिनु हुँदैन ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]