२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

कतार पठाइदिन्छु भन्दै ठगी, मलेसियन नागरिकसहित चार जना पक्राउ

Nada
प्रदिप सिंह
२०८१ कार्तिक १२ गते २१:०८
Shares
कतार पठाइदिन्छु भन्दै ठगी, मलेसियन नागरिकसहित चार जना पक्राउ

लहान : रोजगारीको प्रलोभनमा कतार पठाइदिन्छु भन्दै ठगी गर्दै आएको गिरोहको पर्दाफास भएको छ । सिरहा प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।

ncell

लहान नगरपालिका–४ स्थित गोधुली होटलमा नेपाल सरकारको अनुमति विना रोजगारीको लागि कतार पठाउने बहानामा अन्तर्वार्ता लिँदै गरेका मलेसियाका ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहानका ४२ वर्षीय रामा शंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सूर्य नारायण दासलाई प्रहरीले शनिबार राति नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिएअनुसार, उनीहरुले कतारमा रोजगारीको प्रलोभनमा ठगी गर्दै सर्वसाधारणबाट रकम असुलिरहेका थिए । गोप्य सूचना पाएपछि प्रहरीले छापा मारेर चारै जनालाई नियन्त्रणमा लिएको र उनीहरूमाथि कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

अनुसन्धानको क्रममा यस गिरोहले अन्य क्षेत्रहरूमा पनि यस्तै बहानामा ठगी गरेको सम्भावना रहेको प्रहरीले जनाएको छ । डीएसपी पासवानले भने, ‘अहिले अनुसन्धान जारी छ । सम्भवतः यो गिरोहले जिल्लाका अन्य ठाउँमा समेत यस्तै कार्य गर्दै आएको छ । अनुसन्धानपछि थप विवरणहरू सार्वजनिक गरिनेछ ।’

सम्बन्धित खबर