२०८१ कार्तिक १९ गते सोमवार / Nov 04 , 2024 , Monday
२०८१ कार्तिक १९ गते सोमवार

सरकारलाई प्रभु साहको प्रश्न- एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ? 

ADV
मध्यान्ह
२०८१ कार्तिक १३ गते १२:३१
सरकारलाई प्रभु साहको प्रश्न- एनआरएनलाई वंशजको नागरिकता दिन लागेको हो ? 

काठमाडौं : आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद एक पछि अर्को घटनाले नंग्याएको बताएका छन् । समाजमा आफूलाई राष्ट्रवादी देखाउने, तर व्यवहारमा ओली राष्ट्रघाती रहेको सहको टिप्पणी छ ।  

२०७२ सालको भूकम्पपछि भारतको अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको हुङ्कार लगाउँदै नेपाली राजनीतिमा ओली लोकप्रिय बनेको तर वास्तविकतामा भने ओली दलाल व्यवसायी र विदेशी जनताको हितमा काम गर्ने प्रवृत्तिका रहेको साहको व्याख्या छ । 

"केपी ओली गैरआवासीय नेपाली नागरिकलाई वंशजको नागरिक दिनुपर्ने मागमा सकारात्मक देखिन्छन्," साह भन्छन्, "जो यो देशको नागरिकता त्यागेर विदेशी भयो त्यसलाई नेपालको वंशजको नागरिकता दिनुपर्ने ? नेपालको पैतृक सम्पत्तिलाई चोर बाटोबाट विदेश पुर्‍याउनेहरुलाई देश विकासका संवाहक देख्ने प्रधानमन्त्री कसरी राष्ट्रवादी ?" पत्रकारहरुसँगको भेटमा आजपा अध्यक्ष साहले ओलीमाथी टिप्पणी गरे ।

गत आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ग्लोबल कन्क्लेभ तथा वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  विकासका लागि गैरआवासीय नेपालीको भूमिका रहेको बताए ।  

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीलाई नागरिकता नै दिए पनि त्यसको उपयोग हुन नसकेको बताए । अहिले नागरिकता बोकेर कुनै सरकारी कार्यालयमा पुग्दा कुनै अधिकार नपाएकोप्रति आफू जानकार रहेको पनि बताए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘संविधानमै भएको व्यवस्था कार्यन्वयन गर्न आवश्यक संशोधन आगामी अधिवेशनमा संसदमा लैजान सक्छौं ।’

संविधानअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउन थालिसके । संविधानत: गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउँछन् । नेपालमा सम्पत्ति जोड्न भएको वा जोडेको सम्पत्ति बेचबिखन गर्न, व्यापार/व्यवसाय गर्न, लगानी गर्न, नाफा लैजान पाउँछन् । गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले निर्वाचनमा मतदान गर्न र उम्मेदवार हुन मात्रै पाउँदैनन् । पछिल्लो समय वंशजको नागरिकता दिनुपर्ने एनआरएनएको माग छ । यो माग पूरा भए चुन्न र चुनिने अधिकार पनि प्राप्त गर्दछन् । एनाअरएनएको यस्तो मागमा आफू सकारात्मक रहेको भन्दै प्रधानमन्त्री ओलीले आफ्नो राष्ट्रवादको छवि उदाङ्गो पारेको आजपा अध्यक्ष साह बताउँछन् । 

"देशको प्राकृतिक स्रोत विदेशीलाई दिने । सरकारी उद्योगलाई निजीकरण गर्ने र हुँदा हुँदा एनाआरएनएलाई वंशजको नागरिकता दिने आश्वासन दिने कुराले ओली कति राष्ट्रवादी भन्ने देखाएको छ," साहले भने । सत्ताका लागि ओलीको यस्तो कार्यमा सत्तारुढ दलहरू मौन रहने गरेको उनको टिप्पणी छ ।

ADVADV

सम्बन्धित खबर

Advertise