२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

चिनियाँ कार्ड देखाउँदै प्रधानमन्त्री

ADV
अस्मिता बम
२०८१ कार्तिक १५ गते ०६:४०
चिनियाँ कार्ड देखाउँदै प्रधानमन्त्री

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका लागि पहल गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत प्रधानमन्त्री ओलीको चीन भ्रमणको पहल भएको सरकारी अधिकारीहरू बताउँछन् । 

नेपालबाट आगामी नोभेम्बर अर्थात् मंसिर दोस्रो साताभित्र प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्ने गरी तयारी भएको छ । चिनियाँ पक्षले स्वीकार गरेको खण्डमा प्रधानमन्त्री ओलीको चौथो कार्यकालको औपचारिक पहिलो विदेश भ्रमण चीनको हुनेछ । प्रधान

मन्त्री ओलीले पहिले भारतको राजकीय भ्रमण चाहेका थिए । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सकारात्मक भएनन् । त्यसपछि प्रधानमन्त्री स्तरको चीन भ्रमण गराएर भारतलाई नजिक्याउने पर्यासमा सत्तारुढ दलका नेताहरू लागेका हुन् । 

गत असोजमा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका गएका थिए । त्यसबेला प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री मोदीसँग भेटेका थिए । 

उक्त साइडलाइन भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । तर मोदी प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् । त्यसपछि ओलीले चीनको भ्रमण गर्न चाहेका हुन् । 

चीनस्थित नेपाली दूतावासले प्रधानमन्त्री ओलीको भ्रमणका लागि समन्वय गरिरहेको छ । 

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपछि भारतबाट विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । विदेश सचिव मिश्रीको भ्रमणपछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको औपचारिक भ्रमण गरिन । भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले समेत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएकी थिइन । 

घटनाक्रमले भारतको भ्रमण तत्काल नहुने देखेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमण गर्न खोजेका हुन् । प्रधानमन्त्री ओलीले नै चीन भ्रमणका लागि तयारी थाल्न परराष्ट्रलाई आग्रह गरेका थिए । त्यसपछि चिनियाँ रातदूतावास र चीन सरकारलाई अनौपचारिक रूपमा भ्रमण चाहेको जानकारी गराइएको छ । 

सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका नेताहरू चीनले निम्त्याउँदा बेइजिङ जाने बताउँछन् । भारतले निम्तो गर्दा दिल्ली जाने भन्दै उनीहरू प्रधानमन्त्रीको चीन भ्रमणलाई भारत भ्रमणसँग जोड्नु उचित नहुने टिप्पणी गर्छन ।

नेताहरूका अनुसार यसअघि नै चीनले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो दिएको थियो । गत असार ३० गते ओली प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै चिनियाँ राजदूत छन सोङ बधाइ दिन पुगेका थिए । प्रधानमन्त्री कार्यालयका अधिकारीहरूका अनुसार बधाई भेटमा प्रधानमन्त्री ओलीसँग राजदूत सोङले चीन भ्रमणबारे छलफल गरेका थिए । अहिले भ्रमण गर्ने सन्देश दिएपछि चीनले स्वागत नेताहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise