२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता मंगलबारदेखि

ADV
मध्यान्ह
२०८१ असार ३ गते २१:३६
सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिता मंगलबारदेखि

काठमाडौं : सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा शुरू हुँदैछ । ७२ होलको चारदिने प्रतियोगिता शुक्रबारसम्म हुनेछ । 

कूल १५ लाख ५० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले २ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ७५ हजार र १ लाख २२ हजार प्राप्त गर्नेछन् । यस्तै चौथो र पाँचौं हुनेलाई १ लाख २ हजार र ८० हजार प्रदान गरिनेछ । कूल २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

पुरस्कार राशीको आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा पीजीए नेपालका महासचिव दिपक आचार्यले दिए । दुई दिनको खेल पश्चात कट लागू हुनेछ । ३६ होलको समाप्तीमा उत्कृष्ट २१ र टाइमा पर्ने प्रोफेसनल खेलाडीहरूले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ । 

यो सिजनको अन्तिम प्रतियोगितापश्चात सिजन अवधिभर कूल पुरस्कार रकम प्राप्त गरेको आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका निरज तामाङ भन्दा १ लाख १८ हजार ८ सय ७५ रूपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा ५ लाख ६६ हजार ८ सय ७५ नगद पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

निरज तामाङ ४ लाख ४८ हजार सहित मनि लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति ३ लाख ७२ हजार सहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का ३ लाख ७२ हजार सहित चौथो र २ लाख ६० हजार ७ सय २५ नगदसहित सञ्जय लामा पाँचौं स्थानमा रहेका छन् ।

मनि लिडरहरूलाई डिफेन्डिङ च्याम्पियन सुबाश तामाङले  चुनौती प्रस्तुत गर्ने सम्भावना उच्च छ । एमेच्योर गल्फर रहँदा सुबाशले कुल पाँच उपाधि जितेका छन् । यो सिजन प्रो बनेपछि उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो। यो सिजन सातमध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप जितेका एमेच्योर गल्फर सदभाव आचार्य पनि प्रमुख दाबेदार हुन् । उनले यो सिजन सात प्रतियोगिताको समाप्तीमा कुनै पनि प्रोले भन्दा बढी उपाधि जितेका छन् । 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो–एम शनिबार हुनेछ । २५ प्रो र १०० एमेच्योर गल्फरको सहभागिता रहनेछ ।

पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने भन्दै जितको लागि शुभकामना दिएका छन् । उनले प्रमुख प्रायोजक सूर्य नेपाल प्रा.लि.लाई नेपाली गल्फ विकासमा निरन्तरको सहयोगका लागि धन्यवाद दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise