कैलाली : कैलालीको गोदावरी नगरपालिका–२ बाट प्रहरीले विशेष सूचनाका आधारमा सात किलो चरेससहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेती र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह(आरआइटी) को संयुक्त टोलीले डेरा गरी बस्दै आएका जसमल सिंह ठगुनाको कोठा बाट चरेससहित चार जनालाई पक्राउ गरेको इप्रका मालाखेतीका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
उनका अनुसार दार्चुलाको मार्मा गाँउपालिका–१ घरभै डेरा गरी बस्दै आएका ठगुन्नासहित वकिल सिंह ठगुन्ना, हिक्मतसिंह धामी र जीवनसिंह ठगुन्नालाई पक्राउ गरिएको छ । पक्राउ परेकालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies