२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु, १३ जना घाइते, घाइतेको हेलिकप्टरमार्फत उद्धार

ADV
कमल कुमाल
२०८१ कार्तिक २५ गते १६:२५
कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु, १३ जना घाइते, घाइतेको हेलिकप्टरमार्फत उद्धार

कालीकोट : कालीकोटको पलाँता गाउँपालिका वडा नम्बर ३ स्थित राडुनेटामा जिप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत प्रदेशिक अस्तपात सुर्खेत लगिएको छ ।

गाउँपालीकाको थिर्पुतर्फ आउँदै गरेको क १ ज ५६ नम्बरको जिप पलाँता गाउँपालिका–३ को राडुनेटा मा दुर्घटना भएको हो । उक्त जिपमा १९ जना सवार रहेका थिए ।

जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । उक्त घटनामा परी मृत्यु हुने मृतकको नाम र पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी गोविन्द्र बहादुर चौधरीले जानकारी दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise