२०८१ कार्तिक २९ गते बिहिवार / Nov 14 , 2024 , Thursday
२०८१ कार्तिक २९ गते बिहिवार

त्याग्नुपर्ने निन्दाको राजनीति

ADV
२०८१ कार्तिक २९ गते ०६:२५
त्याग्नुपर्ने निन्दाको राजनीति

गालीको राजनीति फेरि चर्कने सम्भावना बढेर गएको छ । किनकि आगामी १६ मंसिरमा उपचुनाव हुँदैछ । यो उपचुनाव जित्न नेताहरुले अपनाउने विकल्पहरु मध्ये इतर पार्टीको कमजोरी सार्वजनिक गर्नु पनि एक हो । त्यसैले जनतासँग मतको अपिल गर्दा दलहरुले अरुलाई गाली गर्ने गर्छन् । यो परम्परागत शैली हो । तर उपचुनाव नजिकिदै गर्दा नेताहरुको आक्रोश बढेर गएको देखिन्छ । विपक्षी दलका नेताहरुले सत्तारुढ र सत्तारुढ नेताहरुले विपक्षी नेताहरुको आलोचना गर्न थालेका छन् । सुर्खेत पुगेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपा एमालेका केही नेताहरुलाई गणतन्त्र विरोधीको सार्वजनिक आरोप लगाए । प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेता मुकुन्द न्यौपानेले गणतन्त्रबारे पार्टीले निर्णय गर्दा फरक मत दर्ज गरेको माधव नेपालले बताएका थिए । यस्तो अभिव्यक्तिबाट एमाले नेताहरुमा समेत आक्रोश देखिएको छ । यद्यपि माधव नभएर एमाले नेताहरुको निशानामा माओवादी नेताहरु छन् । 

विराटनगर पुगेका एमाले महासचिव शंकर पोखरेलले प्रचण्डलाई सबक सिकाउन कांग्रेससँग सहकार्य गर्नुपरेको सार्वजनिक टिप्पणी गरे । सँगै साना दलहरु लोकतन्त्रकै लागि खतरा रहेको निष्कर्ष पनि उनले सुनाए । सरकारबाट हट्नु परेपछि प्रचण्डले लगातार वर्तमान सरकारविरोधी टिप्पणी गरिरहेका छन् । ओलीलाई प्रधानमन्त्री बनाउने कांग्रेस–एमालेको निर्णयलाई प्रचण्डले दलालहरुसँगको सम्झौता भनिरहेका छन् । ठूला ब्यापारीहरुले आफू नेतृत्वको सरकार ढालेको प्रचण्डले बारम्बार आक्रोश पोख्ने गरेका छन् । नयाँ भनेर उदाएको रास्वपाका नेताहरुको अभिव्यक्ति झनै चर्को छ । सहकारी बचत रकम अपचलन मुद्दामा पक्राउ पर्नुअघि रास्वपाका सभापति रवि लामिछानेले गैरराजनीतिक अभिव्यक्ति दिएका थिए । वर्तमान सरकार मरेकाले रास्वपालाई शोक परेको टिप्पणी लामिछानेले गरेका थिए । उक्त पार्टीका नेताहरुको आरोप सार्वजनिक मर्यादा बाहिर छन् । 

एकले अर्कालाई चर्को आरोप लगाउँदा त्यसको क्षणिक लाभ नेताहरुले पाउने हन सक्छ । त्यसैले विगतदेखि आरोपको राजनीति चल्दै आएको छ । तर समग्रमा निन्दाको राजनीतिले मुलुकलाई सही ठाउँमा लैजाने देखिदैन । अहिले जतिपटक सरकार फेरिन्छ, प्रधानमन्त्रीबाट हट्नेले विदेशी शक्तिलाई देखाउने गरेका छन् । विदेशी शक्तिको चलखेलकै कारण आफ्नो सरकार ढलेको निष्कर्ष सुनाउने प्रवृत्तिका कारण नागरिकमा राजनीतिप्रति बितृष्णा बढ्दो छ । संभवतः विदेशीको दलाल भनिमाग्नबाट कोही पनि नेता अछुतो छैनन् । हरेक प्रधानमन्त्री विदेशीको दलाल भएर विदा भएका छन् । यस्तो भाष्य सिर्जना गर्दै जाँदा राज्य र सरकारप्रति नागरिकको धारणा सही बनिरहेको छैन । त्यसैले क्षणिक जितका निम्ति निन्दाको राजनीतिलाई निरन्तरता दिने प्रवृत्ति त्याग्न जरुरी छ । आजको सभ्य राजनीतिले स्वयं नेताहरुलाई पनि सुरक्षित गर्नेछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise