२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

शिक्षण सिकाइमा आइसिटीको प्रयोगबारे शिक्षकहरुलाई अभिमुखीकरण 

ADV
सत्यराज सिंह
२०८१ कार्तिक २९ गते २३:१२
शिक्षण सिकाइमा आइसिटीको प्रयोगबारे शिक्षकहरुलाई अभिमुखीकरण 

बझाङ । प्रगतिशिल युवा समाज बझाङको आयोजनामा प्रविधिमैत्री शिक्षण पद्धती सम्बन्धी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम बिहीबार गोलाइमा सम्पन्न भएको छ । 

वल्र्डभिजन इन्टरनेश्नल नेपाल, एडुटेक नेपालको आर्थिक सहयोग र प्रगतिशिल युवासमाजद्वारा सञ्चालित विद्यालयमा प्रविधिमैत्री शिक्षा सिक्ने अवसर (टेलस) परियोजना अन्तर्गत दुईदिने अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

शिक्षण सिकाइलाई मजबुद बनाउनका लागि विद्यालयमा सञ्चालन गरिएको सूचना, सञ्चार तथा प्रविधि ल्याब (आइसिटी ल्याब)मा कक्षा सञ्चालनबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बालविकास माध्यामिक विद्यालय र सुनिपिपलचौर माध्यामिक विद्यालय शिक्षक, लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

वल्र्डभिजन इन्टरनेशनल नेपालका टेलस परियोजना संयोजक जमुना श्रेष्ठ र प्रगतिशिल युवा समाजका टेलस परियोजना अधिकृत पाण्डव पुजाराले अभिमुखीकरणको सहजीकरण गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा शिक्षामा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, नेपालमा आइसिटी सम्बन्धी कानूनी व्यवस्था, शिक्षामा आइसिटीको प्रयोगको महत्व, शैक्षिक एप्स र आइसिटी शिक्षण सिकाइ तथा प्लेटफर्महरुबारे छलफल गरिएको थियो भने दोस्रो दिनमा शिक्षकहरुद्वारा सूचना तथा सञ्चार प्रविधि ल्याबको प्रयोग गरी कक्षा सञ्चालनको अभ्यास गरिएको थियो । 

सहभागीहरुले कार्यक्रम निकै प्रभावकारी भएको भन्दै शिक्षण सिकाइमा आइसिटी ल्याबको प्रयोग गरी आगामी दिनमा सिकाइ अझ प्रभावकारी बनाउने बताए । कार्यक्रमको अवसरमा जयपृथ्वी नगरपालिकाका शिक्षा शाखा प्रमुख निरज प्रशाद रेग्मीले प्रविधिमैत्री शिक्षण सिकाइ आजको आवश्यकता भन्दै शिक्षण सिकाइमा प्रयोग हुने अडियो, भिडियो सामग्रीहरु विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise