(मंसिर १ गते, शनिबार)
मेष : हतारमा कुनै निर्णय नलिनु होला । प्रभावमा वृद्धि हुन्छ ।
वृष : बाटो हिँड्दा सावधानी राख्नुपर्छ । यशमा वृद्धि हुन्छ ।
मिथुन : राजनीतिक कार्य सफल हुन्छ । वाणी संयम राख्नुपर्छ ।
कर्कट : अर्काको विवादमा पर्नु्हुँदैन । भूमिसम्बन्धी कार्यमा लाभ हुुनेछ ।
सिंह : श्रीमतीको राम्रो सहयोग प्राप्त हुन्छ । दैनिक आयमा वृद्धि हुन्छ ।
कन्या : पारिवारिक भेटघाट हुने तथा विदेश यात्राको योग छ ।
तुला : अनावश्यक जिम्मेवारी लिनु हुँदैन । कार्यहरूमा बिस्तारै प्रगति हुन्छ ।
वृश्चिक : आफ्ना इष्टमित्रहरुसँग भेटघाट हुनेछ । धैर्यमा वृद्धि हुन्छ ।
धनु : विद्यार्थीहरूका लागि राम्रो समय । बढी व्यस्तता रहन्छ ।
मकर : आध्यात्मिक यात्रा हुने योग छ । नकारात्मक कुराले अशान्ति पैदा गर्छ ।
कुम्भ : मनोबल उच्च रहने छ । विधार्थीहरूका लागि शुभ समय छ ।
मीन : व्यापारिक कार्यमा वृद्धि हुनेछ । सन्तुलित आहार लिनुपर्छ ।
आचार्य श्री स्वामी ध्रुव
माइन्ड मैनेजमेन्ट गुरू
इन्टरनेशनल एस्टोलोजिकल फोरम
सानेपा, काठमाडौं, नेपाल
फोन : ९८४१५९२५५२, इमेल : [email protected]