२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

प्रभु साहको आरोप- 'भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सरकारले भाँड्न खोज्यो'

Nada
ओमप्रकाश यादव
२०८१ मंसिर १ गते २१:४३
Shares
प्रभु साहको आरोप- 'भ्रष्टाचारविरुद्ध मधेश यात्रा कार्यक्रम सरकारले भाँड्न खोज्यो'

रौतहट : आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आजपा मधेश प्रदेश कमिटीद्वारा आयोजित ‘भ्रष्टाचारविरुद्ध मधेश यात्रा’ कार्यक्रम सरकारले बिथोल्न खोजेको आरोप लगाएका छन् । 

ncell

शनिबारदेखि सप्तरीबाट शुरु भएको कार्यक्रमलाई बिथोल्ने उद्देश्यले सप्तरी र सिरहाका प्रहरीले ठाउँ-ठाउँमा घण्टौं रोकेर अपमान गर्ने, अमानवीय व्यवहार गर्ने काम गरेको आजपा अध्यक्ष एवम् पूर्वमन्त्री साहले बताए ।

‘हाम्रो अभियान टोलीका कलाकार, पत्रकार र युवाहरूको गाडीलाई आज सिरहा र सप्तरीमा प्रहरीले बिना कारण घण्टौ रोकेर अपमान गर्ने र कार्यक्रम भाँड्ने अमानवीय हर्कत गरेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘अहिले पनि हाम्रो अभियान टोलीका गाडीहरू सप्तरीको कदमहामा रोकिएको छ । म यो चोर सरकारलाई सोध्न चाहन्छु, शान्तिपूर्ण सभा जुलुस गर्ने संवैधानिक हक के खोसिएको हो ? निर्वाचन आयोगमा दर्ता पार्टी र तिनका वैधानिक जनसंगठनको गतिविधि रोक्ने सरकारको यो निकृष्ट गतिविधिलाई नेपाली जनताले कसरी लिने ?’

भ्रष्टाचारविरुद्ध जागरण अभियानमा सहभागी हुन सप्तरी पुगेका आजपा अध्यक्ष साहले प्रधानमन्त्री आफैं भ्रष्ट भएको टिप्पणी गर्दै पार्टीको अभियान भाँड्न खोजेको भन्दै आक्रोश पोखे । 

सप्तरीबाट शुरु भएको आजपाको भ्रष्टाचारविरुद्ध मधेश यात्रा पाँच दिनसम्म चल्ने छ । भ्रष्टाचारविरुद्धको मधेश यात्रा कार्यक्रम मधेशका विभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाटलगायतका कार्यक्रम गर्दै वीरगञ्ज पुगेर समापन हुने आजपाले जनाएको छ । 

ताजा खबर

सम्बन्धित खबर