रौतहट : नेपाली कांग्रेसले उपनिर्वाचनका लागि रौतहटको तीनवटै वडाको अध्यक्ष पदको उम्मेदवारलाई टिकट वितरण गरेको छ । आगामी मंसिर १६ गते आइतबार रिक्त पदहरूमा रौतहटसहित देशैभर स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
रौतहटको गढीमाई नगरपालिका–८,राजपुर नगरपालिका –६ र इशनाथ नगरपालिका–७ गरी तीन ठाउँमा उपनिर्वाचन हुन लागेको छ ।
नेपाली कांग्रेसले यसअघि नै चयन गरेका यी तीनवटै वडाको अध्यक्ष पदका उम्मेदवारलाई शनिबार टिकट वितरण गरेको कांग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिएका छन् ।
कांग्रेसबाट गढीमाई नगरपालिका –८ मा सुबोध कुमार यादव, राजपुर नगरपालिका–६ मा सम्से आलम र ईशनाथ नगरपालिका –७ मा शेख अब्दुल खलिकले टिकट पाएको प्रचार विभाग प्रमुख गुप्ताले बताए ।
मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेकोले मनोनयन दर्ता कार्यक्रममा भारी संख्यामा नेता कार्यकर्तालाई सहभागी हुन उनले सबैलाई आग्रह गरे ।