२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

छत्रदेव गाउँपालिकाद्वारा बजार अनुगमनलाई तीव्रता

Nada
२०८१ मंसिर ३ गते २१:०५
Shares
छत्रदेव गाउँपालिकाद्वारा बजार अनुगमनलाई तीव्रता

अर्घाखाँची : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । गाउँपालिकाभित्रका बजारहरुमा बेथिति बढ्दै गएको गुनासो आएपछि पालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो ।

ncell

आइतबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको नेतृत्वमा गाउँपालिका वडा नम्बर ५ र ६  भित्रका होटल, गल्ला किराना, फेन्सी कपडा, फलफूल तथा तरकारी पसलहरु, मासु पसललगायतका पसलहरु अनुगमन गरिएको छ । अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरिएको, पसलहरुमा म्याद गुज्रिएका खाद्य सामग्रीहरु राखिएको र मूल्यसूची नभएको भेटिएको थियो ।

No description available.

यसरी दर्ता नगरी सञ्चालन गरिएका व्यवसायीहरुलाई ७ दिनभित्र दर्ता गर्न आग्रह गरेको छ भने म्याद गुज्रिएका सामग्रीहरुलाई नस्ट गरिएको छ । दर्ता नगरी अबैध रुपमा राखिएको मदिरालाई नियन्त्रण लिइ स्थानीयहरुको रोहवरमा गाउँपालिकामा ल्याएर राखिएको छ ।

अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्योग अधिकृत दुर्गा न्यौपाने,  जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका लेखापाल ओम प्रकाश श्रेष्ठ, छत्रदेव गाउँपालिका घरेलु शाखा प्रमुख कृष्ण प्रसाद पन्थी, अर्घातोष प्रहरी चौकीका प्रमुख  रामअचल यादव, उद्योग विकाश सहजकर्ता खडानन्द भुसाल, स्थानीय प्रतिनिधि, पत्रकार  केशब पन्थी लगायतको सहभागी रहेको थियो ।

No description available.

सम्बन्धित खबर