२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

ओली र नेपालका कारण सुदूरपश्चिम सरकार विस्तार अन्योलमा : मुख्यमन्त्री सोडारी

ADV
सुनिल आउजी
२०८१ जेठ १८ गते २०:५०
ओली र नेपालका कारण सुदूरपश्चिम सरकार विस्तार अन्योलमा : मुख्यमन्त्री सोडारी

धनगढी : मुख्यमन्त्री नियुक्त भएको एक महिना वितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । पार्टी केन्द्रले आवश्यक निर्देशन नदिदा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सरकार विस्तार गर्न नसकेका हुन् । प्रदेश सरकारको बजेट ल्याउने तयारी शुरु भइसक्दा सत्ता गठबन्धनका दुई ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकारमा सहभागि भएका छैनन् ।

सरकार विस्तार हुन नसक्दा बजेट निर्माणको समयमा अर्थसहित चारवटा मन्त्रालय मन्त्रीविहीन बनेका छन् । गत ६ जेठमा एकीकृत समाजवादीको संसदीय दलका नेता सोडारी एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी रञ्जिता पक्षका सांसद र एकजना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

त्यसपछि उनले नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र उन्मुक्तिकै टीका थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका थिए । खासगरी एमालेले सोडारीलाई मुख्यमन्त्री बनाउन चाहेको थिएन । अन्तिम समयमा गठबन्धनमै संकट आउने भएपछि एमालेले सोडारीलाई समर्थन गरेको हो ।

एमाले र समाजवादीकै नेताहरुका अनुसार केपी शर्मा ओली र माधव कुमार नेपालको आपसी इगोका कारण सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन नसकेको हो । कतिपय एमाले प्रदेश सांसद सोडारी नेतृत्वको सरकार छिट्टै ढल्ने टिप्पणी समेत गर्दै आएका छन् । एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकार विस्तारको हुन नसक्नुको कारण मुख्यमन्त्रीसँग माग्न आग्रह गरे ।

दुई मन्त्रालय भागवण्डा भइसकेको अवस्थामा एमाले र माओवादी दुवैको चासो र दाबी प्रदेशको अर्थ मन्त्रालयमा छ । प्रदेशमा एमाले,माओवादीका समान ११/११ सांसद छन् ।

माओवादी केन्द्रका सांसद ओमविक्रक भाट बजेटको महत्वपूर्ण समयमा मन्त्रालय मन्त्रीविहीन हुने कुराले राम्रो सन्देश नगएको बताउँछन् । उनले आज भोलीमै सरकारले पूर्णता पाउनेमा आशावादी रहेको बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise