२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पञ्चवर्षीय गढीमाई मेलामा भक्तजनहरूको घुइँचो

ADV
राहुल गुप्ता
२०८१ मंसिर ४ गते १०:५९
पञ्चवर्षीय गढीमाई मेलामा भक्तजनहरूको घुइँचो

बारा : प्रत्येक पाँच बर्षमा लाग्ने विश्वप्रसिद्ध पञ्चवर्षीय गढीमाई मेला सुरु भईसकेको छ । नेपाल भारतसहित दक्षिण एसियाको शक्तिपिठ (जगता) भगतवतीको रुपमा स्थापित भएकी माता गढीमाईको मेला बारा जिल्लाको महागढीमाई नगरपालिकाको वरियारपुर गाउँमा सुरु भएको हो ।

मंसिर १ गतेबाट सुरु भएको मेलाको समापन मंसिर ३० गते हुने मेला मूल व्यवस्थापन समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले जानकारी दिए ।

नेपालसहित भारतमा समेत प्रसिद्धि पाएको बहुप्रतिक्षित गढीमाई मेला भाकल पूरा भएको खुसीयालीमा पशुबलि दिएर मनाउने गरिन्छ । मेला व्यवस्थापन समितिले करिव दुई करोड भक्तजनहरूलाई माताको दर्शन गराउने लक्ष्य राखेको छ । 
    
गढीमाईको विशेष पूजा १७ गतेदेखि प्रारम्भ हुनेछ । मंसिर २३ गते बिहान तान्त्रिक विधिबाट पुजारीले गढीमाईलाई पञ्चबलि दिएपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशुबलि दिइने गढीमाईका मूल पुजारी मंगल चौधरीले बताए ।
    
यस्तै मेला स्थलमा स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिइएको छ । मेला स्थलमा भेन्टिलेटर सेवा सहितको स्वास्थ्य शिविर सञ्चालनमा छ ।

मेला मूल समितिका अध्यक्ष एवं महागढीमाई नगरपालिकाका प्रमुख यादवले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको बताए ।

मेलाको सुरक्षा बारा जिल्ला प्रशासनले लिएको छ । मेलामा विभिन्न खेल, कृषि शिविर, हस्तकला, स्थानीय कालिगढद्धारा तयारी गरिएको काठका सामग्रीहरू प्रदर्शन गरिने छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise