२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु

Nada
२०८१ मंसिर ४ गते १२:०४
Shares
भक्तपुर अस्पतालमा मोतिविन्दुको शल्यक्रिया सेवा सुरु

भक्तपुरः भक्तपुर अस्पतालले मोतिविन्दुको शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो । 

ncell

अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमका अनुसार अब प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको थियो ।  प्रदेश सरकारले उपकरण प्रदान गरेपटि सेवा सञ्चालन भएको हो । 

यसैबीच, वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशको १३ वटा प्रादेशिक अस्पतालमध्ये भक्तपुर अस्पतालमा आँखाको शल्यक्रिया सेवा विस्तार भएको तथा प्रदेशका अन्य अस्पतालमा पनि यो सेवा उपलब्ध गराउन प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए ।

सम्बन्धित खबर