२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

टोखा नगरपालिका चीनको एक्सिलेन्स अवार्डबाट सम्मानित

Nada
२०८१ मंसिर ४ गते १३:४४
Shares
टोखा नगरपालिका चीनको एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं : टोखा नगरपालिकालाई चाइना इन्टरनेशनल फ्रेण्डसिप सिटी कन्फ्रेन्स २०२४ मा एक्सिलेन्स अवार्डबाट सम्मान गरिएको छ । नगर प्रमुख प्रकाश अधिकारीले चीनको कुन्मिङ शहरमा नोभेम्बर १७ देखि सुरु भएको ४ दिने सम्मेलनमा आज अवार्ड प्राप्त गरेका छन् । 

ncell

चीनले विश्वका विभिन्न देशका नगरपालिकाहरुसँग भगिनी सम्बन्ध गाँसेर उत्कृष्ट कार्य गर्ने १३० देशका नगरपालिकाहरुको सम्मेलनमा टोखा नगरपालिकालाई कोभिड–१९ को महामारी नियन्त्रणमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरूप एक्सिलेन्स (उत्कृष्टता) अर्वाड प्रदान गरेको छ । टोखाले कोरोना महामारीको समयमा भगिनि सम्बन्ध गाँसेको चीनको नाक्सु शहरको सहयोगमा प्राप्त भएको स्वास्थ्य सामग्रीहरु प्राप्त गरेको थियो । महामारी नियन्त्रणमा सक्रियतापूर्वक कार्य गरेवापत नगरपालिकाले उत्कृष्टताको अवार्ड प्राप्त गरेको हो । 

त्यस्तै चीनको कुन्मिङ शहरमा टोखाले उत्कृष्टताको अवार्ड पाइरहेको समयमा मंगलबार नगरपालिकाले लामो समयदेखि गोंगबु बसपार्क क्षेत्रमा रहेका टहराहरु हटाएको छ । सो स्थानमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले चिल्ड्रेन पार्क, खुला व्यायमशाला र सार्वजनिक शौचालयसहितको हरियाली पार्क निर्माण गर्ने भएको छ ।

अबको १ हप्तापछि ठेक्का आह्वान गरेर काम सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले बताएका छन् । बिसीका अनुसार आज टोखा ८ र ९ का सार्वजनिक जग्गाहरु संरक्षणका लागि टहराहरु हटाउने कार्य सम्पन्न भएको छ । अब विष्णुमती करिडोरका दुबैतिरका सडक निर्माणका लागि बुढानीलकण्ठ क्षेत्रसम्म सडक निर्माणको ट्र्याक खोल्दै जाने बिसीले बताएका छन् । करिडोरमा भएका घर/टहराहरु हटाएर बाटो निर्माणमा नगरपालिकाले जोड दिनेछ ।

सम्बन्धित खबर