काठमाडौँ : प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा पेस गर्दै छ । प्रसाईंलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउने अनुमति माग गर्दै प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गर्न लागेको हो ।
प्रसाईं मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । प्रसाईंमाथि लिखतसम्बन्धी कसुर (किर्ते) र विद्युतीय कारोबार (साइबर) अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
यसअघि गत असोज ६ गते पनि साइबर अपराधमै उनी पक्राउ परेका थिए । उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका हुन् ।