२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

पढाउन छाडेर शिक्षक बिहेमा व्यस्त !

ADV
कुलेन्द्र शाही
२०८१ मंसिर ४ गते १६:१९
पढाउन छाडेर शिक्षक बिहेमा व्यस्त !

सुर्खेत : जाजरकोटका शिक्षकहरू विद्यालय छाडेर बिहेको भोजमा व्यस्त रहेको पाइएको छ ।

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्चभयार माविका शिक्षकहरू विद्यालय छाडेर बिहेको जन्तीमा गएको पाइएको हो । विद्यालयका प्रधानाध्यापकका दाइको छोराको बिहेमा प्रधानाध्यापकसहित केही शिक्षकहरू नेपालगञ्ज गएका हुन् ।

११ जनाको दरबन्दी भए पनि विद्यालयमा ५ जना मात्रै शिक्षक आउने गरेको गुनासो छ । विद्यालयमै कार्यरत एक शिक्षकका अनुसार प्रधानाध्यापकले विद्यालयलाई ५ जनाको जिम्मामा दिएर नेपालगञ्ज बिहेमा गएको पाइएको हो ।

‘दशैं तिहार पछि विद्यालय कात्तिक २५ गते खुलेको हो । यहाँ काध्कि २४ गतेदेखि मेला महोत्सव सुरु भयो, विद्यालयमा कोही शिक्षक आएनन् सबै मेला हेर्नमा व्यस्त भए’, ती शिक्षकले भने,‘विद्यालयभन्दा पनि शिक्षकको प्राथामिकतामा मेला परेको छ । हुँदा हुँदा प्रधानाध्यापकसहित ३/४जना शिक्षक बिहेको जन्ती गए ।’

प्रधानध्यापक नरेन्द्र कुमार केसीले आफू लगायत दुई जना शिक्षक बिहेमा गएको स्वीकार गरे । उनले दुई जना शिक्षक मात्रै बिहेमा गएको बताए पनि बिहेमा तीन जना शिक्षक गएको विद्यालयकै कर्मचारीहरू बताउँछन् । 

‘बिहेमा नगई नहुने बाध्यता थियो । विद्यालयमा अन्य शिक्षक हुनुहुन्छ, हामी दुईजना शिक्षक मात्रै यता आएका छौँ’, उनले भने ।

विद्यालय व्यवस्थापन समितिको बैठक बसेर बिहेमा जाने निर्णय लिएको पनि केसीले दाबी गरे । विद्यालयमा कार्यालय सहयोगीसहित ११ जना कार्यरत रहेका छन् भने ४८१ जना विद्यार्थी अध्ययनरत छन् ।
 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise