२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

प्रेस युनियन युरोपको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

Nada
२०८१ मंसिर ४ गते १८:२९
Shares
प्रेस युनियन युरोपको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

लिस्बन : नेपाल प्रेस युनियन युरोपको प्रथम अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पदस्थापन गरिएको छ ।

ncell

सोमबार एक कार्यक्रमका बीच सञ्जयभक्त कँडेल नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई जुममार्फत शपथ ग्रहण तथा पदस्थापन गरिएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक आरके त्रिपाठीले नवनिर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराएका थिए ।

सो अवसरमा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रवासमा रहेका नेपाली पत्रकारले पत्रकारिताको माध्यमबाटै नेपाललाई योगदान गर्नुपर्ने बताए । लोकतन्त्रवादी पत्रकारहरुलाई संगठित गर्ने उद्देश्यका साथ वैदेशिक शाखा विस्तार गरिएको उल्लेख गर्दै लम्सालले युरोप शाखालाई चलायमान र गतिशील बनाउन आग्रह गरे ।

कार्यक्रममा युनियनका केन्द्रीय उपाध्यक्ष नकुल अर्याल, युनियनका केन्द्रीय महासचिव दिलीप पौडेल, निर्वाचन समितिका संयोजक एवं कांग्रेस नेता आरके त्रिपाठी, केन्द्रीय प्रतिनिधि एवं युनियनका केन्द्रीय उपमहासचिव युवराज गौतम, प्रेस युनियन युरोपका सल्लाहकार एवं वरिष्ठ पत्रकार भागीरथ योगी, युनियनका केन्द्रीय सदस्य दीपक भण्डारी, प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौला, प्रेस युनियन पोर्चुगलका संयोजक बासु सत्याललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । कार्यक्रम प्रेस युनियन युरोपका संयोजक सञ्जयभक्त कँडेलको अध्यक्षता, सबिना श्रेष्ठको स्वागत तथा भरत प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर