२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

मन्त्री यादवले गरे गढीमाई मेलाको अवलोकन

ADV
राहुल गुप्ता
२०८१ मंसिर ४ गते २०:५२
मन्त्री यादवले गरे गढीमाई मेलाको अवलोकन

बारा : मधेश प्रदेश सरकारका उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेष नारायण यादवले मंगलबार विश्व प्रसिद्ध गढीमाई मेलाको अवलोकन तथा निरीक्षण गरेका छन् । मंसिर १ गतेदेखि महागढीमाई नगरपालिकाको बरियारपुरमा सुरु भएको गढीमाई मेलाको मन्त्री यादवले मन्त्रालयको टोलीसहित अवलोकन तथा निरीक्षण गरेका हुन् ।

मेलाको अवलोकन तथा निरीक्षण गर्दै मन्त्री यादवले गढीमाई मन्दिर हिन्दुहरुको एउटा ठूलो आस्था बोकेको मन्दिर रहेकाले यस मेलालाई सबै मिलेर सभ्य र भव्य बनाउनुपर्नेमा जोड दिए । खानेपानी, ढल र शौचालयलगायतका पूर्वाधार निर्माण तथा व्यवस्थापनमा मधेश प्रदेश सरकारबाट कुनै पनि कमी नहुने उनले बताए ।

गढीमाई मेलालाई सभ्य र भव्य बनाउनका लागि प्रदेश सरकार पनि केन्द्र सरकार जस्तै लागिपरेको मन्त्री यादवले बताए । पञ्चवर्षीय गढीमाई मेला मुल व्यवस्थापन समितिसँग समन्वय गरेर खानेपानी मन्त्रालयले आवश्यक पर्ने खानेपानी पाइपलगायतका समग्री उपलब्ध गराउन मधेश सरकार तत्पर रहेको मन्त्री यादवले बताए ।

अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादव र मन्त्रालयका सचिव जक्की अहमद अन्सारीलाई महागढीमाई नगरपालिकाका प्रमुख एवम् पञ्चवर्षीय गढीमाई मेला मूल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले फूलमालाले स्वागत गरेका थिए ।

No description available.

ADVADV

सम्बन्धित खबर

Advertise