२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप

Nada
२०८१ मंसिर ५ गते १५:४२
Shares
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप

काठमाडौं : सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरू बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।

ncell

प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा केही प्रदर्शनकारी घाइते भएका छन् । एक जनाको टाउको फुटेको छ ।

सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरूले आफूहरूको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

सम्बन्धित खबर