२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

गोदावरी स्टिल उद्योगले मजदुरमाथि दमन गरेको आरोप

ADV
इसत्याक अहमद
२०८१ मंसिर ५ गते १९:३२
गोदावरी स्टिल उद्योगले मजदुरमाथि दमन गरेको आरोप

रौतहट : रौतहटको गोदावरी स्टिल उद्योगले सरकारबाट ऋण लिएर सरकारी बैंकलाई नै झुक्याएको छ । 

उद्योगले विद्युत् प्रयोग गरे बापत करौडौं रुपैया नतिरेको पाइएको छ । साथै उद्योगले नेपालभन्दा भारतीय मजदुरलाई प्राथमिकता दिन थालेको गुनासो पनि बढेको छ । नेपाली मजदूरहरूका अनुसार उद्योग संचालकले भारतीय मजदुरलाई भर्ना गरेपछि नेपाली मजदुरहरू मारमा परेका छन् । उद्योगले नेपालको नियम कानुन मिचेको पनि आरोप लागेको छ ।

मंगलवार रौतहटको चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयमा मजदुरहरूले आफूमाथि उद्योगले दमन गरेको भन्दै उजुरीसमेत दर्ता गरेका छन् । स्थानीय मजदूरहरूका अनुसार उद्योग माथि पटक पटक उजुरी दर्ता भएको छ ।

यसका साथै उद्योगमा कार्यरत भारतीय मजदुरलाई ज्याला नदिने र बिना कारण कामबाट निकालिने पनि गरिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise