२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

ADV
मध्यान्ह
२०८१ मंसिर ६ गते १५:३४
प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

विराटनगर : विराटनगरमा बालविकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

विभिन्न संस्थासँगको सहकार्यमा पूर्वाञ्चल विश्वविद्यालयले मंसिर २१ र २२ गते दुई दिने सम्मेलन गर्न लागेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको कला/कानुन/शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमै पहिलोपटक प्रारम्भिक बालविकास इकोसिस्टम परिकल्पना विषयक सम्मेलन हुन लागेको जानकारी दिइएको हो ।

संकायका डिन प्रा.डा. अनिलकुमार पोखरेलका अनुसार सम्मेलनमा नेपालसहित अमेरिका, मलेसिया, भारत बंगलादेशलगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने छ ।

बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने सम्मेलनको मुख्य उद्देश्य रहेको पोखरेलले बताए ।

सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरूको हेरचाह, बालविकासका क्षेत्रमा पोखरामा पहिलो पटक आवश्यक जनशक्ति, पेसागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई पारेको प्रभाव, बालबालिकाको पोषण तथा यसले बालविकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरूले आआफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने छन् ।

सम्मेलनमा विभिन्न देशका विशिष्ट व्यक्तिबाट ‘की नोट’ तथा विविध प्रकारका कार्यशालामा बालबालिकाहरूका सर्वाङ्गीण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस हुने प्रा.डा. पोखरेलको भनाइ छ । 

बालविकासका क्षेत्रमा नयाँ एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तरलगायतका विशेष कार्यक्रमहरूको पहिचान गर्न र सो अनुरुप कार्यक्रममा थप गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गराउने तयारी छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise