२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

अवैध उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा, कारबाही हुनेमा शंका 

ADV
शहबाज खान
२०८१ मंसिर ७ गते १०:३८
अवैध उत्खनन गर्ने स्काभेटर र टिपर नियन्त्रणमा, कारबाही हुनेमा शंका 

कपिलवस्तु : जिल्लाको कृष्णनगर नगरपालिकाको वडा नम्बर १० मा निषेधित क्षेत्रमा अवैध रुपमा माटो उत्खन्न गर्ने एक स्काभेटर र टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नम्बर १० को औरहवा गाउँको पूर्वतर्फ सुरहि खोलामा रहेको पक्की पुल नजिक अवैध उत्खनन गर्दै गर्दा सो स्काभेटर र टिप्परलाई इलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको हो । स्काभेटर र टिपर गोल्डेन लामा कन्स्ट्रक्सन कम्पनीको रहेको स्रोतबाट जानकारी प्राप्त भएको छ ।                       

कुनै पनि पुलको दुबैतर्फ ५०० मिटरभित्र कुनै प्रकारको उत्खनन कार्य गर्न नहुने नियम छ । पुलसँगै यो क्षेत्र कटान समस्याबाट ग्रसित क्षेत्र रहेको हुँदा अवैध उत्खन्न गर्दा कटानको जोखिम झन् बढ्ने र स्थानीय बासिन्दा पीडित हुने देखिन्छ ।                          

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दसँग यस विषयमा सोधपुछ गर्दा स्थानीय सरकारको कानुन र पालिका प्रमुखको निर्णयअनुसार कारबाही प्रकृया अघि बढाउने बताएका छन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise