काठमाडौंः धरहरा आगामी आइबार (९ मंसिर)बाट सन्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले धरहरा पूर्ण रुपमा सन्चालन नहुँदासम्म २०० रुपैयाँ शुल्क ताेकेर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरेको हो ।
सहरी विकास मन्त्रालयले गरेको प्रस्ताव अनुसार धरहरा चढी अवलोकन गरेको प्रतिव्यक्ति शुल्क स्वदेशीलाई २००, सार्क मुलुकलाई ५००, सार्क मुलुक बाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको छ । साथै १० वर्ष मुनिका बालबालिका, विद्यार्थी, ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई छुट दिने निर्णय समेत बैठकले गरेको छ ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन शुल्क व्यवसायिक बाहेकका प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यवसायिक भिडियाे छायांकन शुल्क प्रतिघण्टा ५ हजार, फोटोग्राफीका लागि १ हजार शुल्क तोकिएको हाे ।
सर्वसाधारणका लागि निःशुल्क चढ्न पाउने व्यवस्थासहित गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको धरहरा लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि दुई महिनामै भएको थियो ।