२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

१५ वर्षीया रोजना बनिन् एकदिने प्रमुख प्रशासकीय अधिकृत

ADV
कमल कुमाल
२०८१ मंसिर ७ गते १८:५७
१५ वर्षीया रोजना बनिन् एकदिने प्रमुख प्रशासकीय अधिकृत

कालीकोट : रास्कोट नगरपालिकामा संचालन गरिएको गर्ल्स टेकओभर कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिह बमको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमा नगरपालिका प्रमुख धर्मराज शाही पोषणको प्रमुख आतिथ्यतामा भएको थियो ।

बडिमालिका माध्यमिक विद्यालय रास्कोटमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया रोजना सार्कीले एक दिनका लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिन् । उनी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी लिए लगतै सबै शाखाका कर्मचारीहरूसँग शाखामा संचालित क्रियाकलापका गतिविधि मागेकी थिइन् । 

रास्कोट नगरपालिकालाई समृद्ध नगरपालिका  बनाउनका लागि कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहने भएकाले  कर्मचारीहरूलाई कुनै पनि सेवाग्राहीको काममा ढिलासुस्ती नगर्न र आफ्नो कार्यप्रति बफादार रहन समेत उनले आग्रह गरिन् । 

बालबालिकाका क्षेत्रमा रकम विनियोजित हुने र कार्यान्वयनको सिलसिलामा रकम बालबालिका केन्द्रित नहुने गरेकाले आफू बहाल हुँदासम्म सो रकम बालबालिकाकै नाममा लगानी गर्ने उनले बताइन् ।

गल्र्स टेकओभर कार्यक्रममा  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमले खादा र अबिर लगाएर स्वागत समेत गरेका थिए । त्यस अवसरमा नगर प्रमुख शाहीले गल्र्स टेकओर मात्र नभई सबै कर्मचारीहरूलाई सचेत बनाउने कार्यक्रम भएकाले नगरपालिकामा सोही अनुसारको व्यबहार तथा काम गर्न आग्रह गरे ।

बालिकाहरूलाई सशक्त बनाउनका लागि, बालिकालाई आफ्नो अधिकार प्राप्त गर्न, खुलेर सबै सामु बोल्न र स्थानीय सरकारलाई बालबालिका क्षेत्रमा लगानी बढाउनमा ध्यान केन्द्रित होस् भन्ने हेतुले हरेक वर्ष यस्ता कार्यक्र संचालन गरिएको प्लान इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक दीक्षा भाटले बताए ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग रहुरेन्डेक नेपाल कालिकोट र सादा नेपाल कालीकोटको साझेदारीमा संचालित बाल विवाह, छिटो विवाह र जर्वजस्ती विवाह न्यूनीकरण परियोजनाको परियोजना हस्तान्तरण बैठक समेत सम्पन्न भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise