सुर्खेत : जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेश सुर्खेतले कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । उनले आफ्नो जिम्मेवारीलाई पूर्ण निष्ठा र दक्षताका साथ निभाउँदै सुर्खेत जिल्लामा ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो ।
प्रदेश ट्राफिक कार्यालयले उत्कृष्ट कार्य सम्पादन गर्ने अन्य प्रहरी कर्मचारीहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ । सो अवसरमा ट्राफिक कार्यालयमा लामो समयदेखि कार्यरत प्रहरी कार्यालय सहयोगी बम बहादुर खत्रीलाई एक कार्यक्रमको आयोजना गरेर बिदाइ र सम्मान गरिएको छ । खत्रीको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।