२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

१०८ जना दीर्घरोगीलाई आर्थिक सहयोग

Nada
२०८१ मंसिर ८ गते १०:३८
Shares
१०८ जना दीर्घरोगीलाई आर्थिक सहयोग

तनहुँः व्यास नगरपालिकाले १०८ जना दीर्घरोगीलाई ५ हजारका दरले आर्थिक सहयोग गरेको छ । 

ncell

क्यान्सर, मुटुरोग, मिर्गौला फेल भएका, कलेजो प्रत्यारोपण गरेका बिरामीलाई आर्थिक सहयोग गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार ज्येष्ठ नागरिक, सुत्केरी, विपन्न नागरिक, मानसिक रोगी गरी ३४ जनालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको छ । 

त्यसैगरी विपन्न नागरिक, क्यान्सर, मुटुरोगी, मिर्गौला फेल भएका ३२ जनालाई उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको उनले बताए । गर्भवती पोषण सहयोग कार्यक्रमअन्तर्गत १११ जना महिलालाई ५ हजारका दरले आर्थिक सहयोग गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर