२०८१ मंसिर ८ गते शनिवार / Nov 23 , 2024 , Saturday
२०८१ मंसिर ८ गते शनिवार

मीना चौलागाईंको ‘मनोकांक्षा’ लोकार्पण

ADV
मध्यान्ह
२०८१ मंसिर ८ गते १९:४९
मीना चौलागाईंको ‘मनोकांक्षा’ लोकार्पण

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले मीना चौलागाईंद्वारा रचित मुक्तक संग्रह ‘मनोकांक्षा’को लोकार्पण गरेका छन् । शनिबार प्रज्ञा–प्रतिष्ठानको पारिजात प्रवचनकक्षमा एक समारोहबीच कुलपति राईले मुक्तक संग्रह ‘मनोकांक्षा’को लोकार्पण गरेका हुन् ।

सो अवसरमा कुलपति राईले मुक्तकले घटनाप्रधान र विषयवस्तुको प्रभावजन्य झड्का उत्पन्न गर्न सक्नुपर्ने बताए । उनले भने, ‘मुक्तक दर्शनढुंगा र चकमक ठोस्दा निस्किने झिल्को जस्तै बन्न सक्नुपर्छ ।’ यस अर्थमा मुक्तककार मीना चौलागाईंका मुक्तक भावोत्पादक र सामयिक मूल्यबोध गर्न समक्ष रहेको उनले बताए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले मीना चौलागाईंद्वारा रचित ‘मनोकांक्षा’ मुक्तकसंग्रहमा प्रेम तथा शृंगारिक मनोभावना व्याप्त रहेको बताएकी थिइन् । उनले मुक्तकमा सुख, दुःखका कुरा, यथार्थ अनुभूति, मातृप्रेम, मानवीय संवेदना र आरोहअवरोह चित्रण भएको बताइन् ।

उक्त लोकार्पित मुक्तकसंग्रहबाट मुक्तककार पार्वती भट्ट, कार्मु चौलागाईं, प्रकाश बस्नेत गफाडी र निलाञ्जला भारद्वाजले ३–३ वटा मुक्तक वाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवकर पौडेललगायतका मुक्तककार सुनिल अधिकारी, रमेश पौडेल र प्रतीक ढकालका साथै कोमल ढुंगाना र आयुश्री चौलागाईंले शुभकामना मन्तव्य राखेका थिए । मुक्तक कृति ‘मनोकांक्षा’का सर्जक मीना चौलागाईंले आफ्नो मुक्तक लेखनशैली र रचनागर्भका बारेमा बताउँदै केही मुक्तक वाचन गरेकी थिइन् ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा महासचिव यादव भट्टराईको उद्घोषण र प्रतिष्ठानका केन्द्रीय सदस्य दिव्य गिरीको स्वागत मनतव्य रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise