काठमाडौं : नेकपा माओवादीका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पारकिन्सन रोगबाट लामो समयदेखि ग्रसित उनको शनिबार वीर अस्पतालमा निधन भएको हो ।
उनको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
उनको पार्थिव शरीर आइतबार पार्टी कार्यालय पेरिसडाँडामा राखिने केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।
भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेका थिए । राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए ।