२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

मंगोल नेशनल अर्गनाइजेशन कतारका संस्थापक अध्यक्षसहित ९ जना सलोराम नेपालमा प्रवेश

ADV
तिलु शर्मा पौडेल
२०८१ मंसिर ८ गते २१:११
मंगोल नेशनल अर्गनाइजेशन कतारका संस्थापक अध्यक्षसहित ९ जना सलोराम नेपालमा प्रवेश

कतार : मंगोल नेशनल अर्गनाइजेशन कतारका संस्थापक अध्यक्ष सञ्जय आङदेम्बेसहित विभिन्न दलमा आस्थावन ९ जना औपचारिक रूपमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(सलोराम)नेपालमा सलिसाम कतारमार्फत नेपालमा प्रवेश गरेका छन् । 

शुक्रबार सलिसाम कतारले आयोजना गरेको एक कार्यक्रममार्फत आङदेम्बेसहित मनेअ कतारका पूर्वप्रमुख सल्लाहकार ज्ञानेन्द्र येक्तेन समेत सलिसाम प्रवेश गरेका हुन् । सलिसाम प्रवेश गर्नेहरूमा विभिन्न दलको सदस्यता परित्याग गरी तुलाराम तामाङ, पवन येक्तेन, बलबहादुर येक्तेन,  खेम बहादुर दर्जी मोते, सुरेश आङदेम्बे, दिलकुमार राई, केवल सीँ राई लगायतका व्यक्तिहरू रहेका छन् । नव प्रवेसीलाई सलिसाम कतार तथा कार्यक्रमका अध्यक्ष डम्बर लिबाङ मिसेकसहितले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए  । 

नवप्रवेशीहरुले आफ्ना प्रतिवद्धत्तामक भनाइहरू राख्ने क्रममा नेपाल जस्तो बहुल–राष्ट्रियता भएको देशमा एकले अर्काको राष्ट्रियतालार्ई परास्त पार्ने, एक अर्काबीचको अस्तित्वलाई अस्वीकार गर्ने जस्ता सिद्धान्त बोकेर हिँड्नु गलत भएको बताए । उनीहरूले विगतमा आफू आवद्ध संगठनमा नेपाली समाजको बनावट अनुरूप पार्टीका नीति र सिद्धान्तहरू संशोधन गर्दै अघि बढ्नुपर्छ भन्ने बुझाइ नदेखिएको बताउँदै सबै भाषी, धार्मिक, वर्ग, क्षेत्र र लिंग बीचमा सहअस्तित्व भाव सृजना गर्न सकियो भने मात्र राष्ट्रिय एकता बलियो हुने विश्वास व्यक्त गरेका थिए ।  

सलिसाम कतारका वरिष्ठ उपाध्यक्ष कुमारसीं योङहाङले स्वागत मन्तव्यसहित पार्टीको बारेमा संक्षिप्तमा प्रकाश पारेका थिए भने उपमहासचिव तथा प्रवक्ता ताङसाहाङ तुम्बापाले सहजीकरण गरेका थिए । कार्यक्रमका अध्यक्ष लिबाङले नव प्रवेशीलाई संगठनको अनुशासन तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । संगठनमा नव प्रवेशी नेता तथा सदस्यहरूलाई यथाशीघ्र विभिन्न जिम्मेवारी दिएर अघि बढ्ने समेत मञ्चका प्रवक्ता ताङसाहाङ तुम्बापोले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise