२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

Nada
२०८१ मंसिर ९ गते १४:४६
Shares
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं : साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

ncell

न्यायाधीश मनोज शर्माको एकल इजलासले अर्को सुनुवाइमा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । शनिबार प्रसाईंका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका थिए ।

प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्‍याइएको छ । उनलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अनुमति माग गरेको छ । अदालतकाे लिखित आदेशपछि म्याद थपबारे निर्णय हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा प्रसाईंलाई मंसिर ४  मा सिआइबीले पक्राउ गरेको थियो ।
 

ताजा खबर

सम्बन्धित खबर