काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
जिल्ला न्यायाधीश भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । यसअघि कात्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले उनलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो । रविमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।