२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

लुम्बिनीमा नयाँ सिँचाइ आयोजना सञ्चालन हुने

ADV
मध्यान्ह
२०८१ मंसिर १० गते २०:४०
लुम्बिनीमा नयाँ सिँचाइ आयोजना सञ्चालन हुने

लुम्बिनी : लुम्बिनी प्रदेशमा सिँचाइ अभिवृद्धिका लागि नयाँ आयोजना सञ्चालन हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालन हुने सिँचाइ आधुनिकीकरण वृद्धि परियोजना सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । 

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले परियोजना सम्झौता गर्न सहमति प्रदान गर्ने र हस्ताक्षरका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई प्रदेशको तर्फबाट आधिकारीक प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । 

‘उत्पादन र उत्पादकत्व बढाउन, सुख्खा ठाउँमा सिँचाइ बढाउन यो परियोजनाले मद्दत गर्ने छ’प्रवक्ता पन्थीले भने,‘प्रदेशको आर्थिक विकासमा यो परियोजनाले समेत योगदान पुर्‍याउने छ ।’

यो परियोजना लुम्बिनीसहित पाँच वटा प्रदेशमा लागू हुनेछ । किसान व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषिको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशिलतामा सुधार गर्ने, सिँचाइको आधुनिकीकरण र एकीकृत बाली तथा जल व्यवस्थापनलाई संस्थागत गर्ने उद्देश्य राखिएको छ । किसान व्यवस्थित सिँचाइ प्रणालीमार्फत कृषि क्षेत्रको उत्पादकत्व र नाफामा वृद्धि गर्दै जलवायु उत्थानशीलता सुधार गर्न पाल्पास्थित रामपुर नगरपालिकाको वडा नं. ६, ८ र १० मा कार्यक्रम केन्द्रित गर्न र रम्भा गाउँपालिकाको वडा नं. १ मा जनताको तटबन्ध कार्यालय बुटवलबाट पहाडी लिफ्ट सिँचाइ उपआयोजना निर्माण गर्न प्रस्ताव गरिएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise