२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेपछि बिनु यादव पक्राउ

Nada
२०८१ मंसिर ११ गते १२:०९
Shares
सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेपछि बिनु यादव पक्राउ

काठमाडौं : घरेलु हिंसामा परेको भन्दै सर्वोच्च अदालतमा मुद्दा लडिरहेकी बिनु यादवले सर्वोच्च अदालतको गेटमा कालो रङ छ्यापेकी छन् ।

ncell

मंगलबार बिहान साढे ११ बजे गेट नजिकै रहेको सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी हुन् । अदालतको बोर्डमा कालो रङ छ्यापेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिनुले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् । बिनुसँग विवाह गरेका रामेछापका एक युवकले सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएका थिए । 

अदालतले सम्बन्ध बिच्छेदको फैसला सुनाएपछि उनले यसअघि अदालत परिसरमै विष सेवन समेत गरेकी थिइन् ।

ताजा खबर

सम्बन्धित खबर