२०८१ मंसिर ११ गते मङ्गलवार / Nov 26 , 2024 , Tuesday
२०८१ मंसिर ११ गते मङ्गलवार

'कानुन बनाउँदैमा बालविवाह रोकिँदैन'

ADV
मध्यान्ह
२०८१ मंसिर ११ गते १२:५१
'कानुन बनाउँदैमा बालविवाह रोकिँदैन'

काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कानुन बनाउँदैमा बालविवाह अन्त्य नहुने बताएका छन् । बाल अधिकारका क्षेत्रका क्रियाशील ६ वटा संस्थाको आयोजनामा काठमाडौंमा भएको सम्मेलनमा मन्त्री सुडीले सो कुरा बताएका हुन् ।

मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद्, राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, कन्सोर्टियम नेपाल, बालिका दुलही होइनन् (जीएनबी) र बालबालिकाविरुद्ध हिंसा अन्त्य गर्न दक्षिण एशियाली पहल (साइवाग)ले सम्मेलन आयोजना गरेका हुन् ।

मन्त्री सुडीले बालबालिकाहरु भोलिका कर्णधार भएको भन्दै आफूले अहिलेको बालबालिकामा भोलिको सुन्दर नेपालको नेतृत्वकर्ता देखिरहेको बताए । उनले सम्मेलनमा सहभागी बालबालिकालाई उमेर नपुगी विवाह नगर्ने र दाइजो नलिने-नदिने प्रतिज्ञा गर्न आग्रह समेत गरे । उनले कम उमेरमा विवाह गर्ने कानुन २० वर्षअघि नै बनेको भन्दै कानुनले मात्रै समस्या समाधान नहुने बताए ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले सम्मेलनले जारी गरेको २५ बुँदे घोषणापत्रलाई परिषद्ले कार्यान्वयन गर्ने बताए । उनले बालबालिकालाई तेस्रो आँखाबाट क्रियटिभ थिङ्किङ गर्न आग्रह समेत गरे ।

कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जनले एउटा चियापसलमा बनेको योजनाले भव्य सम्मेलन आयोजना गर्न सम्भव भएको भन्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिए । समापन कार्यक्रममा साइवागका महासचिव रिञ्चेन छोपेल, एनएसीजी नेपालकी ऋतु भट्टराईलगायत आयोजक संस्थाका प्रतिनिधि, बाल अधिकारकर्मी र सातै प्रदेशबाट आएका बालबालिकाहरु समेतको सहभागिता रहेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise