२०८१ मंसिर २७ गते बिहिवार / Dec 12 , 2024 , Thursday
२०८१ मंसिर २७ गते बिहिवार

एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई पुरस्कारमा कार दिइने

ADV
मध्यान्ह
२०८१ मंसिर ११ गते १८:२३
एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडीलाई पुरस्कारमा कार दिइने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडीले गाडी पाउने भएका छन् ।

ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारीसमेत गरेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार यससम्बन्धी सम्झौता गरिएको हो ।

सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपीजी अटोमोबाइल्स, ओमोडा एन्ड जेइको अटोमोबाइल्सको नेपालको आधिकारिक बिक्रेता हो ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले एनपीएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीले गाडी पाउने जानकारी दिए । अहिलेका लागि एक वर्षका लागि सम्झौता गरेपनि आगामी दिनमा पनि यसले निरन्तरता पाउने उनले बताए ।

कुन कम्पनीको कति मूल्यको गाडी पाउने भन्ने बारेमा भने खुलाइएको छैन ।

एनपीएलको पहिलो संस्करणमा ८ टीमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।


 

ADVADV

सम्बन्धित खबर

Advertise