२०८३ कार्तिक १९ गते बिहिवार / Nov 05 , 2026 , Thursday
२०८३ कार्तिक १९ गते बिहिवार

एनपिएल : विराटनगरविरुद्ध काठमाडौंको सानदार जित

Nada
२०८३ कार्तिक १९ गते १९:३९
Shares
एनपिएल : विराटनगरविरुद्ध काठमाडौंको सानदार जित

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गोर्खाजले दोस्रो जित निकालेको छ । विराटनगर किंग्सलाई ९ विकेटले हराउँदै काठमाडौं प्रतियोगितामा दोस्रो जित निकाल्न सफल भएको हो ।

विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाडौंले ९.४ ओभरमा १ विकेट गुमाउँदै पूरा ग¥यो । काठमाडौंका लागि डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकाको सहयोगमा ४४ रन बनाए । विलियम बसिस्टोले २४ बलमा ३ चौकाको सहयोगमा २३ रन बनाए भने साहिल पटेलले ११ बलमा १० रन बनाए । विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १८.३ ओभरमा अलआउट हुँदै ८३ रनम मात्र बनाएको थियो । विराटनगरका लागि रुपेश सिंहले २६, एन्जेलो म्याथ्युजले २२ र बसिर अहमदले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ काठमाडौंका लागि सन्तोष यादवले ३, सहान अराच्चिगे र जहानदाद खानले २–२ तथा साहब आलम, कप्तान करण केसी र देव साहले १–१ विकेट लिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर