२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

एनपिएल : लुम्बिनीको दोस्रो जित, पोखरा ८ विकेटले पराजित

Nada
२०८३ कार्तिक १७ गते २०:१६
Shares
एनपिएल : लुम्बिनीको दोस्रो जित, पोखरा ८ विकेटले पराजित

काठमाडौं : साबिक विजेता लुम्बिनी लायन्सले पनि प्रतियोगितामा दोस्रो जित निकालेको छ । पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित हात पारेको हो ।
पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा अविजित ४७ रन बनाए । यस्तै निरोशान डिकवेलाले २८ बल खेल्दै २ चौका र १ छक्काको सहयोगमा अविजित २७ रन जोडे ।

ओपनर डार्सी सर्टले १३ र आसिफ शेखले ९ रन बनाए । पोखराका लागि विपिन खत्रीले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो ।

पोखराका लागि चामिका करुणारत्नेले १७ बलमा २ छक्काको सहयोगमा २५ रन बनाए । कप्तान कुशल भुर्तेलले १४ रन बनाए । महेदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाए । यसबाहेक पोखराका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । तिलक भण्डारीले २ विकेट लिए भने शेर मल्ल, अभिशेष गौतम र कप्तान रोहित पौडेलले १–१ विकेट लिए ।

लुम्बिनी ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर