२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

गजल

shivam cement
२०८१ मंसिर १५ गते ०६:१०
गजल

–रश्मि असफल

सधैँ दिलको महल झलमल गरी राख्नू
रहरलाई खुला आँचल गरी राख्नू ।

उधारो प्रेममा केको दिऊँ बैना ?
तयारी जित्न मन हरपल गरी राख्नू ।

धुवाँ उड्दा भन्यौ बादल अरूलाई 
भए हिम्मत मलाई छल गरी राख्नू ।

प्रतीक्षामा भन्यो तटले नदीलाई
’कुरा गर्दै उतै अलमल गरी राख्नू ।’

तिमीलाई भयो बैँसालु यो जीवन
मलाई प्यारले पागल गरी राख्नू ।

ADV

सम्बन्धित खबर

Advertise