२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

गजल

himalayanlife
२०८१ मंसिर १५ गते ०६:१०
Shares
गजल

–रश्मि असफल

सधैँ दिलको महल झलमल गरी राख्नू
रहरलाई खुला आँचल गरी राख्नू ।

उधारो प्रेममा केको दिऊँ बैना ?
तयारी जित्न मन हरपल गरी राख्नू ।

धुवाँ उड्दा भन्यौ बादल अरूलाई 
भए हिम्मत मलाई छल गरी राख्नू ।

प्रतीक्षामा भन्यो तटले नदीलाई
’कुरा गर्दै उतै अलमल गरी राख्नू ।’

तिमीलाई भयो बैँसालु यो जीवन
मलाई प्यारले पागल गरी राख्नू ।

सम्बन्धित खबर