ललितपुर : सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लवले तेस्रो जित निकालेको छ । आज भएको खेलमा पुलिसले जाउलाखेल युथ क्लवलाई दुई शुन्य गोलले हरायो । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा पुलिसले सुरुवात देखि नै जाउलाखेलमाथि केहि दबाव दिएको थियो । पुलिसले खेलको २६ औं मिनेटमा अग्रता बनायो ।
पुलिसका सौजन्य राईले गोल गर्न सफल भए । उनले हेड मार्फत गोल गरे । त्यसपछि दुबै टिमबाट खासै राम्रो मुभ हुन सकेन र पुलिस पहिलो हाफमा एक शुन्यले अगाडी रह्यो । दोस्रो हाफका सुरुवातमा नै पुलिसले अग्रता दुई शुन्यमा पुर्यायो । यसपटक उसका लागि ४८ औं मिनेटमा सुमन लामाले गोल गरे । जसका कारण पुलिसले जाउलाखेल विरुद्ध दुई शुन्यको अग्रता बनायो । जारी लिगमा सुमनको यो चौथो गोल हो ।
त्यसपछि जाउलाखेल खेलमा फर्कन सकेन र पुलिसले तीन अंक हासिल गर्यो । जितसँगै पुलिसले सात खेलमा ११ अंक बनाएको छ । जसका कारण उ चौथो स्थानमा उक्लिएको छ । जाउलाखेलका सात खेलमा नौ अंक छ । उसको जारी लिगमा यो दोस्रो हार हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies