२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

यू–१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

ADV
मध्यान्ह
२०८१ मंसिर १६ गते १७:२३
यू–१९ एसिया कप : नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ : एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

यसअघि शुक्रबार श्रीलंकासँग पनि नेपालले पराजय व्यहोरेको थियो ।  नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । 

बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन बनाए । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १४१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३, अभिषेश तिवारी र उत्तम मगरले २९–२९ रन बनाएका थिए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिए ।

बलिङमा बंगलादेशका रिजन हसन, इकबाल हुसेन इमन र अल फहादले दुईदुई विकेट लिएका थिए ।
 

ADVADV

सम्बन्धित खबर

Advertise