२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

३७ औँ विश्व एड्स दिवस : गौरमा र्‍यालीसहित दीप प्रज्वलन

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ मंसिर १६ गते २२:१३
३७ औँ विश्व एड्स दिवस : गौरमा र्‍यालीसहित दीप प्रज्वलन

रौतहट : ३७ औँ विश्व एड्स दिवस गौर नगरपालिकामा विभिन्न संघसंस्थाहरू मिलेर ¥यालीसहित सम्पन्न भएको छ । 

ब्रीटिस काउन्सिल, भि.एस.ओ. र आसमान नेपालको साझेदारीमा सञ्चालित जेम्स परियोजनाको सहयोग र सहकार्यमा सप्तरंगी नेपालको आयोजनामा ¥याली सम्पन्न गरेको हो । 

२०२४ डिसेम्बर १ का दिन ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौं’ भन्ने नाराका साथ मनाइएको थियो । कार्यक्रमको सुरुवात जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख राजेश सिंहले उद्घाटन गरेका थिए भने स्थानीय क्षेत्रमा काम गर्ने सप्तरंगी नेपाल माया नेपाल विजाम लगायत अन्य सहकार्य संस्थाहरूको उपस्थित रहेको थियो । 
र्‍याली गौर प्रादेशिक अस्पतालबाट शुरु भएर भन्सार रोडसम्म पुगि बीपीचोकमा आएर समापन भएको थियो । ट्राफिक प्रहरी गौरको सहयोगमा ट्राफिक व्यवस्थापन गरिएको थियो । साथै साँझ बिपी चोक, गौरमा दीप प्रजवलन कार्यक्रम गरिएको थियो ।                                                            

ADVADV

सम्बन्धित खबर

Advertise