२०८१ मंसिर १९ गते बुधवार / Dec 04 , 2024 , Wednesday
२०८१ मंसिर १९ गते बुधवार

दमाममा राहदानी नवीकरण : ३ सय ८८ श्रमिकले लिए सेवा

ADV
अन्जान गुभाजु
२०८१ मंसिर १६ गते २२:१६
दमाममा राहदानी नवीकरण : ३ सय ८८ श्रमिकले लिए सेवा

साउदी अरब : साउदी अरबको पूर्वीय प्रान्त दमाममा राहदानी नवीकरण वितरण सेवा सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली दूतावास, रियादको पहलमा आयोजित यस कार्यक्रममार्फत ३८८ नेपाली श्रमिकलाई नयाँ राहदानी वितरण गरिएको छ । 

साउदीको पूर्वी क्षेत्रका दम्माम, जुबेल, अलहासा, खोबर, कतिफ लगायतका विभिन्न स्थानमा रहेका सेवाग्राहीले राहदानी नविकरण प्रक्रिया सहज बनाएकोमा खुशी व्यक्त गरे । यस सेवाले विशेषगरी पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूको कामकाजमा पर्न सक्ने असरलाई न्यूनीकरण गर्दै सहजता प्रदान गर्ने उद्देश्य राखेको थियो । साप्ताहिक बिदाको दिन सञ्चालन गरिएकाले सेवाग्राहीहरूलाई समय र सुविधाको हिसाबले सहज भएको थियो । कार्यवाहक राजदूत डा.डमरु बल्लभ पौडेलको नेतृत्वमा दूतावासका स्थानीय अधिकारीहरूको टोलीले सेवा प्रदान गरेको हो । 

कार्यक्रमलाई सफल बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको समन्वयमा विभिन्न सक्रिय संघ–संस्था र स्थानीय नेपाली समुदायले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । साथै, स्वयंसेवकका रूपमा संघ–संस्थाका प्रतिनिधिहरूले सहजीकरण र व्यवस्थापनमा सहयोग गरेका थिए ।

राहदानी वितरण कार्यक्रम प्रभावकारी र सुव्यवस्थित भएको भन्दै सेवाग्राहीहरूले खुसी व्यक्त गरेका थिए । यस सेवाले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको प्रशासनिक कार्यलाई सहज बनाउन उल्लेखनीय भूमिका खेलेको छ ।

सेवाग्राहीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन नेपाली दूतावास र सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यस्ता पहलहरूले श्रमिकहरूको समस्या समाधान गर्दै उनीहरूको हितमा ठोस योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise