डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका नरबहादुर झाँक्री विजयी भएका छन् ।
आइतबार सम्पन्न उपचुनावमा ३०३ मत खसेकोमा झाँक्री १६१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर रोकाले ११६ मत प्राप्त गरे । यस्तै नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएपछि उपनिर्वाचन भएको हो ।
त्यतिबेला नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पराजित गरेका थिए ।