२०८३ असोज २७ गते मङ्गलवार / Oct 13 , 2026 , Tuesday
२०८३ असोज २७ गते मङ्गलवार

लैंगिक हिंसाले बालबालिकामा परेका असर न्यूनीकरण गर्न वतृत्वकला

Nada
कमल कुमाल
२०८१ मंसिर १७ गते २२:३२
Shares
लैंगिक हिंसाले बालबालिकामा परेका असर न्यूनीकरण गर्न वतृत्वकला

कालीकोट : लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको बेला कालीकोटमा लैंगिक हिंसाले बालबालिकामा परेको असर न्यूनीकरण सम्बन्धी वक्तृत्वकला प्रतियोगिता  कार्यक्रम सम्पन्न भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ जिल्लाको शुभकालिको गाउँपालिका वडा नं. १ छातिमा लैंगिक हिंसाले बालबालिकामा परेका असर न्यूनीकरण सम्बन्धी वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

ncell

सशक्त महिला समृद्ध नेपालको सहजीकरण तथा आवाज संस्थाको आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा जनता मावि विद्यालयका प्रधानध्यापक दिपेन्द्र तिमिल्सेनाको सभाअध्यक्ष तथा वडाध्यक्ष वीर बहादुर रामजाली मगरको प्रमुख आतिथ्यतामा भएको थियो । 

लैंगिक हिंसाले बालबालिकामा परेका असरलाई न्यूनीकरण कसरी गर्न सकिन्छ,लैंगिक तथा घरेलु हिंसा, लगाएत कुप्रथा कुसंस्कारलाई अन्त्य गर्नका लागि के कस्ता क्रियाकलापहरु अपनाउनुपर्छ भन्ने विषयमा वतृत्वकलामार्फत सन्देश दिएको आवाज संस्था शुभकालिका गाउँपालिका सामाजिक परिचालक विपना अधिकारीले बताइन् । 

सचेतना कार्यक्रममा घरघरमा हुने घरेलु हिंसा विभेद,महिलामाथि हुने हिंसा, छाउपडिप्रथा, यौन हिंसा,बालविवाह, जस्ता घटनाहरु समाजका लागि घातक रोगको नाममा परिचित छन्, यसलाई न्यनीकरण गर्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेकोे प्रधानाध्यापक तिमिल्सेनाको बताए ।

कार्यक्रममा वडाध्यक्ष रामजाली मगरले लैंगिक तथा यौन हिंसा गर्नेलाई कानुनी सजाय,जातीय भेदभाव उन्मुलनसम्बन्धी ऐन कानुनका विषयमा छलफल गरेका थिए । यस्तै घरेलु हिंसा कसुर सजाय ऐन,बालबालिकामाथि हुर्ने दुव्र्यवहार यसको नियन्त्रणका लागि सधैं लागि परेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर